
काठमाडौँ,१७ वैशाख।
सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबिच दिउसो वार्ता हुँदैछ। दिउसो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो। हिजो रातिसम्म चलेको वार्तामा सकारात्मक रहेको थियो ।
त्यसका लागि महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो ।ती मागहरू नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने छ। ती मागहरूमा सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने, राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने रहेको छ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू गत चैत २० गतदेखि आन्दोलन गर्दै आएका छन्। उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हडताल समेत गरेका छन्।