हामीसँग जोडिनुहोस

चाँगुनारायण मन्दिरमा जात्रा, चाँगुनारायण, किलेश्वर र कान्ति भैरव जात्रामा रमाउदै स्थानीय 

3 मिनेट
भक्तपुर, १७ बैशाख : चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म चल्ने चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको खट जात्रा आज मन्दिरमा भव्य रुपमा मनाइएको छ ।
पाँचदिन अगाडि निम्तो पुजा दिएर सुरु भएको यो जात्रा त्रयादशीदेखि सुरु भएर मातातीर्थका दिन खटजात्रा गरि आज अक्षय तृतीयासम्म पाँच दिन मनाइने चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपध्यायले जानकारी दिनुभयो ।
आज अक्षय तृतीयाका दिन चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरवका खट लहरै चाँगुमा बिसाएर सर्वसाधारणका लागि पूजा गर्ने व्यबस्था गरिएको उहाँले बताउनुभयो ।  मन्दिरमा आज बिहानैदेखि दिनभरि नै देवताको पूजा गर्न भक्तजनको भीड लागेको छ । आज साँझ तीनवटै खटमा झल्लर फुलेका माला र पताः चढाएर सिँगारेर खटजात्रा गरिन्छ भने जात्रा सम्पन्न गरेसंगै देवतालाई देवघरमा भित्रयाउने परम्परा रहेको मूल पुजारी राजोपाध्यायले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले यो जात्रा सञ्चालनका लागि नगरपालिकाले सहयोग गर्दै आएको बताउदै जात्रा र पर्वमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्उ बनाउन नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को आयोजना गरेको बताउनुभयो ।  उहाँले विश्व सम्पदा सूर्चीमा रहेको चाँगुनारायणको महिला विश्वभर फैलाउने र यहाँ वर्षदिन रि लाग्ने मेला पर्वमा पनि पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले बिभिन्न कार्यक्रमहरु अगाडि सारेको बताउनुभयो ।
पाँच दिनसम्म चल्ने जात्राको पहिलो दिन कसाई जातिले चाँगुनारायणबाट बाजा–गाजासहित काठमाडौंको डाँछीस्थित कान्तिभैरवमा गई पूजा गर्छन् । दोस्रो दिन भात पकाई भातबाटै भैरव, कालीलगायतका देवताको प्रतीक बनाएर पूजा गर्छन् ।
चाँगुनारायण मन्दिर भित्रको छिन्नामस्ता (टाउको नभएकी देवी) बाट भैरवको मूर्ति र भातबाट बनाइएका देवतालाई कान्तिभैरव मन्दिरमा लगेर पूजा गरिन्छ । यसो गरेमा अनिकाल कहिल्यै नहुने विश्वास रहेको पुजारी राजोपाध्यायले बताउनुहुन्छ । त्यसैदिन कान्तिभैरवबाट मूर्तिलाई चाँगुनारायण ल्याई काली, भैरवसँगै  राखी पूजा गरिन्छ ।
वैशाख कृष्णपक्ष त्रयोदशीका दिन नाइके खलकले चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरव देवताको खटजात्रा भव्य रूपमा मनाउन नाय्खिं बाजा बजाई झ्याली पिट्दै नगर परिक्रमा गर्ने परम्परा छ ।
चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरव (कालभैरव) को खटजात्रा गरेर इकुटोलमा पु¥याउँएर स्थानीयको पूजाका लागि राख्ने गरिन्छ । स्थानीयले देवतालाई विधिपूर्वक पूजा गरिसकेपछि चाँगुनारायण र किलेश्वर महादेवको खटजात्रा भव्य रूपमा मनाईएको छ । विभिन्न गुठीका गुठियारले धिमे, नाय्खिं, दाफा र विभिन्न बाजा बजाउँदै जात्रा गर्दै बलम्बु टोलमा देवतालाई राख्ने प्रचलन छ । भैरवलाई बलि दिएर पूजा गर्ने र चाँगुनारायण एवं किलेश्वर महादेवलाई नैवेद्य चढाएर पूजा गरिएको छ ।
वैशाख शुक्लपक्ष प्रतिपदाका दिन भट्टवारीबाट मतयाः गर्ने भन्दै बत्ती झलमल पारेर बाल्ने र राजारानीको प्रतीकको रूपमा देवतालाई विभिन्न किसिमका गहनाले सिँगारेर बाजा बजाउँदै नगर परिक्रमा गराएर जात्रा मनाउने परम्परा छ ।
राति देवताका खट बाकेर बाजा बजाउँदै रातभर जात्रा गरिन्छ भने बलि दिएर देवताका पूजा गरिन्छ । यो प्रक्रिया पाटनका राजा योगनरेन्द्र मल्लले गरेको विश्वास गरिन्छ । छोराको मृत्युपछि विरक्तिएका राजा ३२ रानीसहित चाँगुनारायणमा बस्न आएका र उनीहरू पनि  यस जात्रामा सहभागी भई बाजा–गाजा सहित गाउँ परिक्रमा गरेको किंवदन्ती रहेको छ । त्यही साँझ मत् (दियो) जात्रा गरी बाजा–गाजासहित आरती गर्ने प्रचलन छ ।
वैशाख शुक्ल द्वितीयाका कान्ति भैरवलाई नगर परिक्रमा गराएर काठमाडौंको डाँछी, ब्रह्मखेल, नयाँगाउँ, भद्रवासदेखि साँखुसम्म लगेर रातभर त्यही राखेर जात्रा गरिने र भोली पल्ट मात्रै चाँगुनारायण फर्काउने परम्परा अनुसार जात्रा चलाईएको मूल पुजारी रोजोपाध्यायले बताउनुभयो । यसरी जात्रा गर्दा चाँगुनारायण र किलेश्वर महादेवको खटलाई भुइँमा बिसाउनु हुँदैन भन्ने किम्बदन्ती अनुसार रथ बोकेरै जात्रा गरिन्छ । जात्रा आज राती सम्पन्न हुन्छ ।
जात्राकाबारेमा स्वयम्भू महापुराणमा उल्लेख गरेअनुसार परापूर्वकालमा श्री किलेश्वर महादेवलाई समन्तभद्र बोधिसत्वको प्रतीकका रूपमा र नैरात्मा गुह्येश्वरीको प्रतीकका रूपमा कान्ति भैरवलाई लिएर चाँगुनारायण र काठमाडौंवासीले जात्रा मनाउने गरेका थिए । त्यसबेलादेखि नै दुई जिल्लाबीच यो जात्रा संगै चल्ने गरेको बताइन्छ । बौद्ध र हिन्दुको बीचमा जात्रामा समन्वय भएको महापुराणमा उल्लेख रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।