हामीसँग जोडिनुहोस

एकीकृत समाजवादीले आज प्रधानमन्त्री ओलीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउने

0 मिनेट

काठमाडौँ,१७ वैशाख।

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउने भएको छ। आज (बुधबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइने एकीकृत समाजवादी केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ।

ज्ञापनपत्र बुझाउन पार्टी अध्यक्ष माधवकुमार नेपालसहित अन्य पदाधिकारीहरू जानेछन्।

मागहरू के के छन् भन्ने खुलाइएको छ। तर पछिल्लो समय देश आन्दोलनमय बनेको छ। शिक्षक, चिकित्सक, लघुवित्त पीडित निरन्तर आन्दोलनमा छन्। शक्तिशाली सरकारले अपेक्षाअनुरुप ‘डेलिभरी’ दिन नसक्दा बढ्दै गएको असन्तुष्टि राजावादी आन्दोलनका नाममा प्रकट भयो।

अहिले विपक्षमा रहेको एकीकृत समाजवादीले यी नै समसायिक विषयमा सरकारको ध्यानार्षण गराउन लागेको बुझिएको छ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।