
काठमाडौँ,१७ वैशाख।
आम जनता पार्टी (आजपा) ले श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउन माग गर्दै लोकसेवा आयोगमा ज्ञापनपत्र बुझाएको छ । आयोगमा ज्ञापनपत्र बुझाउदै आजपाले आफूहरुको माग सम्बोधनमा कुनै पनि किन्तु परन्तुको आडमा नजर अन्दाज गर्ने दुस्प्रयास भएमा कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु लिएर सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
आजपा प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले आयोगका प्रमुख रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको माग यथाशीघ्र पुरा नगए कडा सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्ति नहुँदा जागिर सुरक्षाको अभावले गर्दा मनोवैज्ञानिक तनावमा बृद्धि भई भविष्य नै अन्योल र जीवनयापन कष्टकर एवं दुर्दशापूर्ण बन्ने गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।