
काठमाडौँ,१७ वैशाख।

सरकारले भोलि देशभरी सार्वजनिक बिदा दिएको छ। वैशाख १८ गते बिहीबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा दिइएकाे हाे। श्रमिकहरूको सम्मानमा प्रत्येक वर्ष वैशाख १८ गते (मे १ तारिख) मनाइने विश्व मजदुर दिवसको अवसरमा सार्वजनिक बिदा दिइने सरकारको निर्णय छ । यस दिन देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सेयर बजार लगायतका निकायहरू बन्द रहने छन् ।
सरकारी कार्यालयसँगै निजी क्षेत्रका कतिपय संस्थाहरू पनि यो अवसरमा बिदा दिने गरेका छन् । विश्व मजदुर दिवसको दिन विभिन्न श्रमिक संगठनहरूद्वारा र्याली, सभा, गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिँदै आएका छन् ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





