हामीसँग जोडिनुहोस

रेशम चौधरीलाई पक्राउ गर्ने पत्र अनधिकृत : सर्वोच्च अदालत

1 मिनेट

काठमाडौँ,१७ वैशाख।

सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्नेसम्बन्धी पत्र आधिकारिक नरहेको जनाएको छ । सर्वाेच्चको पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति निकालेर सर्वोच्चका कर्मचारीले अनधिकृत पत्र लेखेको जानकारी गराउनुभएको हो ।

विज्ञप्तिमा अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया शुरू भएको उल्लेख छ । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिँदै पक्राउ गर्न पत्र लेखेका थिए । पत्र अनधिकृत रहेको पाइएपछि प्रहरीले विष्टलाई पक्राउ गरिसकेको छ ।

सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न प्रहरीलाई पत्र पठाइसकिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।