
काठमाडौँ,१८ वैशाख।
नेकपा (एमाले) ले पार्टीको आउँदो विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।
एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिँदै पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले बताउनुभयो । उहाँका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिइएको छ ।
सचिव ढुङ्गेलले अहिले पार्टी सदस्यता ५ लाख ५० हजार रहेकाे बताउनुभयाे । एमालेले आउँदो भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकेको छ ।