हामीसँग जोडिनुहोस

 आन्दोलनरत शिक्षक र सरकाबीच सहमति भएसँगै भोलिदेखि सामुदायिक विद्यालय खुल्ने

1 मिनेट

काठमाडौँ,१८ वैशाख।

आन्दोलनरत शिक्षक र सरकाबीच सहमति भएसँगै भोलिदेखि सामुदायिक विद्यालय खुल्ने भएका छन् । सहमतिमा भएको प्रतिबद्धतानुसार भोलिदेखि देशभरका सामुदायिक विद्यालय नियमित रूपमा सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी उप–सचिव नीलकण्ठ ढकालले बताउनुभयो ।

यो वर्षको भर्ना अभियान वैशाख २ गतेदेखि गर्ने भनेर सबै पालिका र विद्यालयमा परिपत्र भएको थियो । तर दुई हप्ते भर्ना अभियानको समय विद्यालय बन्द भएरै सकिएको छ । त्यसैले अब भर्ना अभियान, पुस्तक वितरण र पढाइ सँगसँगै अघि बढाउने तयारी रहेको उपसचिव ढकालले बताउनुभयो । उहाँका अनुसार यही बीचमा घरदैलो कार्यक्रमसमेत गरेर छुटेका विद्यार्थीहरूलाई विद्यालय ल्याउन पहल गर्ने गरी शिक्षकबाट प्रतिबद्धता आएको छ ।

सरकारसँगको सम्झौतासँगै चैत २० गतेदेखि काठमाण्डौमा भेला भएका शिक्षकहरू फर्किन थालेका छन् । अब एसईईको उत्तरपुस्तिका परीक्षण पनि शुरू हुने र सकेसम्म तोकिएको समयमै नतिजा प्रकाशन गर्ने प्रयास रहने ढकालले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।