प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो। केही दिनदेखि उनले भेटवार्तालाई तीव्रता दिइरहेका छन्।