हामीसँग जोडिनुहोस

शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा,परिमार्जन भयो राष्ट्रपति शैक्षिक कार्यक्रम

1 मिनेट

काठमाडौँ ,१९ वैशाख।

सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षक दरबन्दी पुनरावलोकन गरिने बताएका हुन्।

उनले शिक्षक बैंक स्थापना पनि हुने बताए। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने उनको भनाइ छ।सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरेको छ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रुपमा सुढृढ गरिने घोषणा गरेका हुन्।

उनले शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाइने पनि बताए। उनले भने, ‘विद्यालयको पुन संरचना गरिने छ,सबै बालबालिकाहरूलाई आधारभूत शिक्षाको पहुँचमा ल्याइने छ, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रुपमा सुदृढ गरिने छ।’

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।