हामीसँग जोडिनुहोस

आज ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदै

1 मिनेट

काठमाडौँ,२० वैशाख।

आज ३२औं विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष ‘मे’ ३ तारिखका दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

नामिवियाको विण्डहक शहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले ‘मे’ ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।

युनेस्कोले यसवर्ष अर्थात सन् २०२५ का लागि ‘टाईम टु पुट एआई अन द सोसल एजेन्डा’ नारा तय गरेको छ । यसको अर्थ एआई अर्थात् (कृत्रिम बौद्धिकता) लाई सामाजिक एजेन्डाका रुपमा राख्ने समय आएको छ भनेर बुझ्न सकिन्छ ।

आजको पत्रकारिता कम्प्युटरको सहयोगमा आधारित रिपोर्टिङ्गमा धेरैजसो निर्भर रहन थालेको छ । यस्तोमा पत्रकारिताको मौलिकतामाथि सङ्कट निम्तिन सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धमेन्द्र झा बताउनुहुन्छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गर्नुभएको छ ।

बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने कतिपय मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा समग्र व्यवस्थालाई कमजोर बनाउने चुनौती रहेको उल्लेख गर्नुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।