
काठमाडौँ,२० वैशाख।
प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्भित्र आफ्नो प्रस्तुति प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
शनिवार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। उनले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रभावकारी प्रस्तुति बनाउन निर्देशन दिए। उनले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सही भएको बताए। उनले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताए।
उनले सांसदहरूले संसद्मा बोल्दा जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिए। उनले संसद्मा बोल्नु अगाडि बुँदागत रूपमा टिपेर बोल्न निर्देशन दिए। विपक्षीहरूले विरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरूले तयारी गर्नुपर्ने बताए।