
भक्तपुर, २१ बैशाख ः बिहान वर्षा भएसंगै आज अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुदैँ काभ्रेपलाञ्चोकको जाने सडक एकतर्फी रुपमा सञ्चालन गरिएको छ ।
भक्तपुर काभ्रे दुई जिल्ला जोड्ने राजमार्गमा ६ लेनको सडक निर्माणमा ढिलाई भएसंगै काभ्रेको साँगा र भक्तपुर तर्फ आँउने सडक मध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढसंगै अरनिको राजमार्गमा एकतर्फी मात्र सञ्चालन गर्नुपरेको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिनुभयो ।
आज बिहानैदेखि पानी परेर सडकमा सवारी साधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारीसाधन मात्रै साँगबाट आउन दिएको उहाँले बताउनुभयो । भक्तपुर हुँदै काभ्रे जाने दुई पांग्रे लगायत हल्का चार पांग्रे सवारीसाधनहरू जगातीबाट च्याम्हसिंह हुँदै ताथली नाला सडकबाट बनेपा निस्कने गरि सवारी साधनलाई डाईभर्सन गरिएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुरबाट काभ्रे जाने ठुला मालबाहक सवारीसाधनलाई भने सल्लाघारीको चौर र जगातीमै रोकिएको छ । सुर्यविनायक धुलिखेल सडक खण्ड निर्माणाधिन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ ।
गाडी चिप्लिएर सयौ फिट तल खस्ने जोखिम रहेपछि सवारी साधनलाई एकतर्फी गरिएको हो । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठुला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन भन् साना सवारी साधन चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ । वर्षामा जोखिम बढेपनि समस्या समाधाका लागि तिब्र गतिमा काम हुन नसक्दा समस्या आएको छ ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






