हामीसँग जोडिनुहोस

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

1 मिनेट

काठमाडौँ,२१ वैशाख ।

नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्नेगरी बोलाएको सो पार्टीले जनाएको छ ।

सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्ने र धारणा बनाउने बैठकको एजेन्डा रहेको नेता डा. बेदुराम भुसालले जानकारी दिए । सरकारले ल्याएको आर्थिक वर्षको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र सुशासन कायम गर्ने हिसाबको नभएको सो पार्टीको प्रारम्भिक प्रतिक्रिया रहेको छ ।
भुसालले सरकार आफैँले बनाएको आर्थिक सुधार आयोगका सुझाव एकाध छोए पनि सबै नसमेटेकाले कार्यक्रमले अहिलेका समस्या सम्बोधन गर्न नसक्ने जनाए ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सोमबारबाट छलफल हुँदैछ । छलफलमा प्रतिपक्षीहरू नीति तथा कार्यक्रमको विपक्षमा उभिने निश्चित छ भने सत्तापक्षका सांसदहरूले कार्यक्रमको बचाउ गर्ने तयारी गरेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।