हामीसँग जोडिनुहोस

राष्ट्रियसभाको बैठक सोमबार सम्मका लागि स्थगित

1 मिनेट

काठमाडौँ,२१ वैशाख ।

राष्ट्रियसभाको बैठक सोमबार अपराह्न एक बजेर १५ मिनेट सम्मका लागि स्थगित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गर्‍यो ।

प्रतिवेदन विकास आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले सभामा पेस गरेकी थिइन् । यो प्रतिवेदन सभाले २०७९ चैत ८ गते स्वीकृत गरेको सङ्कल्प प्रस्ताव हो । प्रतिवेदनमा उठेका विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जवाफ दिएका थिए ।

त्यस्तै सभामा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र भन्सार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू टेबुल गरे ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘संवैधानिक परिषद् ‘काम, कर्तव्य, र अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । त्यो प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । विधेयकमा संशोधनको समय पनि सभाले खुला गरेको छ ।

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई रुलिङ गरे । उनले नियमावलीले तोकेको समयभित्र सभामा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूको ध्यानाकर्षण गराएका हुन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।