
काठमाडौँ,२२ वैशाख ।
जिल्ला अदालत काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलगायतलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियो ।
प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध गर्न आदेश दिएको हो ।
अदालतले ज्यानसम्बन्धी कसुरमा बयान गर्न बाँकी रहेको भन्दै उनलाई तत्काल तारेक वा हाजिर जमानीमा छाड्न नमिल्ने पनि उल्लेख गरेको छ ।