
काठमाडौँ,२२ वैशाख ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै आन्दोलनमा उत्रिने घोषणा गरेको छ । सोमबार काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले आन्दोलन घोषणा गरेको हो ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गरेको थियो । जहाँ एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो । अवाञ्छित गतिविधि गरेको भन्दै आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईँ,रवीन्द्र मिश्र,धवलशमशेर राणा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणा हाजिर जमानीमा रिहा भइसकेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मिश्र अझै पनि प्रहरी हिरासतमा छन् ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





