हामीसँग जोडिनुहोस

विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन: विद्यार्थीले नेपाली भाषा बोल्दा जरिवाना नगर्नू

1 मिनेट

काठमाडौँ,२२ वैशाख  ।

काठमाडौँ महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषा बोल्दा दण्डित वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन जारी गरेको छ।

केही विद्यालयले अंग्रेजी माध्यमको शिक्षणबाहेक अन्य क्रियाकलापमा पनि नेपाली भाषा प्रयोगमा रोक लगाएर विद्यार्थीलाई दण्डित गरेको गुनासो प्राप्त भएपछि महानगरले यो कदम चालेको हो।

महानगरको शिक्षा विभागले सोमबार जारी गरेको सूचनामा अंग्रेजी शिक्षणबाहेक अन्य अवस्थामा नेपाली भाषा प्रयोगमा कुनै बाधा नगर्न स्पष्ट निर्देश दिइएको छ। यस्तो कार्य गर्ने विद्यालयहरूलाई तत्काल यस्ता अभ्यास बन्द गर्न भनिएको छ।

यसअघि पनि यस्ता गुनासाहरू प्राप्त हुन गरेकोमा महानगरले विद्यालयहरूलाई सचेत गराउँदै आएको थियो। निर्देशन तत्काल कार्यान्वयन गर्न सबै विद्यालयलाई आह्वान गरिएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।