
काठमाडौँ,२२ वैशाख ।
चैत महिनासम्म निर्जीवन बीमा कम्पनी तथा लघुबीमा कम्पनीले ३२ अर्ब ८१ करोडको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी तथा चार लघु निर्जीवन बीमा कम्पनी कम्पनीले यो अवधिमा २४ लाख १२ हजार वटा बीमालेख बिक्री गर्दा चालु आर्थिक वर्षको ९ महिनामा सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । यसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमाशुल्क संकलन गरेको छ । शिखरले ४ अर्ब ३४ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १० करोड, हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क उठाएको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड, ओरियन्टल इन्स्योरेन्सको २ अर्ब १५ करोड, एनएलजी इन्स्योरेन्सको २ अर्ब १३ करोड, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।