हामीसँग जोडिनुहोस

आईसीसीले वार्षिक वरीयता सार्वजनिक गर्‍याे

1 मिनेट

काठमाडौँ,२३ वैशाख ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष टिमको वार्षिक वरीयता सार्वजनिक गरेको छ ।

आईसीसीले आज सार्वजनिक गरेको वार्षिक वरीयतामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत शीर्ष स्थानमा छ । भारतले यही वर्ष च्याम्पियन्स ट्रफी र गएको वर्ष टी–२० विश्वकप जितेको थियो । टेस्ट वरीयतामा भने भारत चौथो स्थानमा छ ।

एकदिवसीय वरीयताको दोस्रो स्थानमा न्युजिल्यान्ड र तेस्रो स्थानमा अस्ट्रेलिया छ । यस्तै टी–२० वरीयताको दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा इङ्गल्यान्ड छ । यसैगरी टेस्ट वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया, दोस्रो स्थानमा इङ्गल्यान्ड र तेस्रो स्थानमा दक्षिण अफ्रिका छ । यस्तै नेपाल एकदिवसीय र टी–२० वरीयतामा १८औं स्थानमा यथावत् छ ।

पछिल्लो वरीयतामा सन् २०२४ मे महिनादेखि खेलिएका सबै खेलहरूको दर १०० प्रतिशत र अघिल्ला दुई वर्षका खेलहरूको दर ५० प्रतिशत रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।