
काठमाडौँ,२३ वैशाख ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष टिमको वार्षिक वरीयता सार्वजनिक गरेको छ ।
आईसीसीले आज सार्वजनिक गरेको वार्षिक वरीयतामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत शीर्ष स्थानमा छ । भारतले यही वर्ष च्याम्पियन्स ट्रफी र गएको वर्ष टी–२० विश्वकप जितेको थियो । टेस्ट वरीयतामा भने भारत चौथो स्थानमा छ ।
एकदिवसीय वरीयताको दोस्रो स्थानमा न्युजिल्यान्ड र तेस्रो स्थानमा अस्ट्रेलिया छ । यस्तै टी–२० वरीयताको दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा इङ्गल्यान्ड छ । यसैगरी टेस्ट वरीयताको शीर्ष स्थानमा अस्ट्रेलिया, दोस्रो स्थानमा इङ्गल्यान्ड र तेस्रो स्थानमा दक्षिण अफ्रिका छ । यस्तै नेपाल एकदिवसीय र टी–२० वरीयतामा १८औं स्थानमा यथावत् छ ।
पछिल्लो वरीयतामा सन् २०२४ मे महिनादेखि खेलिएका सबै खेलहरूको दर १०० प्रतिशत र अघिल्ला दुई वर्षका खेलहरूको दर ५० प्रतिशत रहेको छ ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





