हामीसँग जोडिनुहोस

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूतको शिष्टाचार भेट,सम्भावित सहकार्यका विषयमा कुराकानी

0 मिनेट

काठमाडौँ,२३ वैशाख ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र सम्भावित सहकार्यका विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ।

राजदूत बासले नेपाल–इजरायल सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै, इजरायल सरकारको तर्फबाट नेपालको विकासका क्षेत्रमा आवश्यक सहयोग निरन्तर रहने बताएका थिए।

उपराष्ट्रपति यादवले इजरायल सरकार र जनताप्रति शुभेच्छा व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।