हामीसँग जोडिनुहोस

कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : कांग्रेसका सभापति देउवा

0 मिनेट

काठमाडौँ,२३ वैशाख ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको बताएका छन् । सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाको यस्तो भनाइ बाहिर आएको हो ।

पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीमा सभापति देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् ।

‘वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैन,’ देउवाले भने । राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषयमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र काङ्ग्रेसबिच मतैक्यता नभएको चर्चा भइरहेको बेलामा देउवाले भने राष्ट्र बैङ्कभित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।