हामीसँग जोडिनुहोस

रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

1 मिनेट

हेटौँडा, २४ वैशाख।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ । उच्च अदालत पाटन, हेटौँडाले सभापति लामिछाने माथिको सङ्गठित अपराध तथा ठगी मुद्दाको सोमबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।

सभापति लामिछानेले धरौटी बदर मागसहित दायर गरेको रिट माथि सुनुवाइ गर्दै सोमबार उच्च अदालत पाटन, हेटौँडाका न्यायाधीश शान्ता सेढाइँको एकल इजलासले निवेदनमा सो आदेश गरेको हो ।

नेपाल सरकारलाई विपक्षी बनाएर लामिछानेले दायर गरेको उक्त रिट उपर न्यायाधीश सेढाइँले उक्त आदेश गरेकी हुन् । न्यायाधीश सेढाइँले चितवनको सहारा सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेसँग ५४ लाख धरौटी माग गर्ने चितवन जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेकी हुन् ।

२०८१ माघ २४ गते चितवन जिल्ला अदालतले लामिछानेसँग ५४ लाख रुपियाँ धरौटी माग गरेको थियो । सो आदेश बदरको माग गर्दै लामिछानेले वैशाख २१ मा उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।