हामीसँग जोडिनुहोस

यसवर्ष सापारुलाई व्यबस्थित गरिने, सवारी प्रवेश निषेध

1 मिनेट

मध्यपुरथिमि (भक्तपुर), श्रावण २४ । यसवर्ष साउन २१ गते हुने सापारु अर्थात गाईजात्रा पर्व व्यबस्थित एवं मर्यादित रुपमा मनाईने भएको छ । भक्तपुर नगरपालिकाले आज सापारु संचालनका लागि आयोजना गरेको सरोकारवाला निकायको छलफलमा जात्रालाई मर्यादित बनाउन सबै निकायले भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा भएको छलफलमा सापारुको दिनभरि गाइजात्रा प्रदक्षिणा मार्ग र त्यस वरपर पुरानो नगर क्षेत्रमा दुईपांग्रे तथा चारपांग्रे सवारी साधनहरू प्रवेश निषेध गर्ने भएको छ । सवारी साधनको पार्किङ व्यवस्थापनका लागि विभिन्न ठाउँमा खुला स्थानहरू छनोट गर्ने र सोही बमोजिम ट्राफिक व्यवस्थापनका लागि महानगरीय प्रहरी परिषर तथा महानगरीय ट्राफिक प्रहरीसँगै स्थानीय स्वयंसेवकहरु परिचालित गरिने भएको छ ।

गाईजात्रा पर्वलाई व्यवस्थित बनाउन भक्तपुर नगरपालिकाले आज आयोजना गरेको छलफल

भक्तपुर नगरभित्र ठाउँ—ठाउँमा ट्राफिक व्यवस्थापनबारे सूचना पाटी, ट्राफिक संकेतको व्यवस्था र यस विषयमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक सूचना प्रवाह गरिने भएको छ । बैठकले गाईजात्रामा मादक एवम् लागुपदार्थ सेवन तथा बिक्री वितरणलाई गर्नेलाई कारबाही गर्ने, सम्भावित अमर्यादित एवम् आपराधिक क्रियाकलाप न्युनिकरणमा विशेष पहल गर्ने निर्णय गरेको छ ।
छलफलमा जनप्रतिनिधि, कर्मचारी, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी वृत्त, महानगरीय ट्राफिक प्रहरी, स्थानीय समुदाय सबैबाट साझा प्रयास गर्ने निर्णय भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।