हामीसँग जोडिनुहोस

तीन संसदीय समितिको बैठक बस्दै

1 मिनेट

काठमाडौं,२४ वैशाख ।

तीन संसदीय समितिको बैठक बुधबार बस्दैछ। राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ माथि छलफल सम्बन्धमा हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे बस्नेछ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बारपाक क्षेत्रमा भूकम्प पछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा हुनेछ।यो बैठक पनि साढे ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित गरिएको छ। बैठक बिहान पौने ९ बजे का लागि बोलाइएको थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।