हामीसँग जोडिनुहोस

न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट संवैधानिक इजलासमा

1 मिनेट

काठमाडौं,२४ वैशाख ।

न्याय परिषद् नियमावली २०७४ को संशोधनविरुद्ध परेको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासमा परेको छ । २०८० असोज १ मा भएको न्याय परिषद् नियमावली २०७४ को संशोधनविरुद्ध स्वतन्त्र कानुन व्यवसायी सङ्घका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेसहित १० जना अधिवक्ताले दायर गरेको रिटमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्माको संवैधानिक इजलासमा पेसी तोकिएको हो ।

रोलक्रममा अगाडि राखेर मुख्य रजिस्ट्रारबाट उच्च अदालतको न्यायाधीश बनाउने गरी संशोधन गरिएको नियमावली कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश मागसहित सोमबार सर्वोच्चमा सङ्घका तर्फबाट रिट परेको थियो ।

न्याय परिषद् नियमावली २०७४ को नियम ११ (१) (क) (ख) अनुरूपको अवस्थामा न्याय परिषद्ले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश तोक्दा स्वतः उच्च अदालतका मुख्य न्यायाधीश भन्दा तल कायम रहेका न्यायाधीशहरूको वरियताक्रम घट्ने गरी उक्त संशोधन भएपछि नेपाल बार एसोसिएसनले विरोध जनाएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।