हामीसँग जोडिनुहोस

भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा सांसदहरूको जोड

1 मिनेट

काठमाडौं,२४ वैशाख ।

प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले नेपालमा पर्ने प्रभावहरूका बारेमा समयमै छलफल अघि बढाउन सरकारसँग अनुरोध गर्नुभयो । यस्तै सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल असंलग्न राष्ट्रका रूपमा रहँदै आएको तर आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताउनुभयो ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले केही दिनअघि पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उचित नरहेको बताउनुभयो । छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलकाे नेपाल भ्रमण भएको उहाँको भनाइ छ ।

सांसद अमरेशकुमार सिंहले पनि पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डलकाे नेपाल भ्रमण अहिले उपयुक्त बेला नभएको बताउनुभयो । सरकारले भने गएराति शुरू भएको भारत–पाकिस्तान युद्धबारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

गएको अप्रिल २२ तारिखमा भारत प्रशासित जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेकोमा गएराति गोलाबारी नै शुरू भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।