हामीसँग जोडिनुहोस

सञ्चारमाध्यमले नेपाली भाषाको उचाइ घटाएको भन्दै प्रधानमन्त्रीकाे असन्तुष्टि व्यक्त

1 मिनेट

काठमाडौं,२४ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले नेपाली भाषाको उचाइ घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । गोरखापत्र दैनिकको १२५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

पहिले राजालाई उच्च आदरार्थी भाषा प्रयोग गर्ने सञ्चारमाध्यमहरूले नागरिकका छोराछोरीलाई किन मान्ने भन्ने सोच लिएका ओलीले आराेप लगाउनुभयाे । अङ्ग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन उहाँको आग्रह छ ।

नेपाली संस्कार र संस्कृतिअनुसार सम्मानको भाषा बोल्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले हजुरबुबा र नातिका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ । राजा हुँदा हिँड्दैनथे, सवारी हुन्थ्यो । खाँदैनथे ज्यूनार हुन्थ्यो । बस्दैनथे, आराम गर्थे । सुन्दैनथे श्रवण हुन्थ्यो । राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ? यू भनेपछि हजुरबुबा पनि भयो नाति पनि भयो । जो भाषामा गरिब छ त्यसले हाम्रो भाषामा उचाइ छुन सकेन भनेर हामीले कद घटाउने भाषाको ?’

प्रधानमन्त्री ओलीले नेपाली भाषामा भएको समृद्धि अरू भाषामा नभएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।