हामीसँग जोडिनुहोस

धितोपत्र बोर्डमा छापा,८९ कम्पनीका फाइल लियो नियन्त्रणमा

1 मिनेट

काठमाडौं,२५ वैशाख ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज धितोपत्र बोर्डमा छापा मारेको छ।

प्राथमिक शेयर निष्काशन (आइपिओ) निष्काशनको प्रक्रियामा रहेका ८९ कम्पनीको फाइल नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ।

आइपिओ निष्काशनको प्रक्रियामा रहेका कम्पनीसँग बोर्डले आर्थिक चलखेल गरेको आरोप लागेपछि अख्तियारले सबै फाइल नियन्त्रणमा लिएको हो। आइपिओका लागि परेका निवेदन २२ महिनादेखि बोर्डले रोकेर कमिशन मागेको आरोप जलविद्युत कम्पनीहरुका प्रवर्द्धकले लगाएका छन्।

जलविद्युत् कम्पनीहरुको आइपिओ निष्काशनमा कमिशन मागेको आरोप लागेपछि फाइल नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको अख्तियार स्रोतले बताएको छ।

आइपिओ जारी गर्न अनुमति दिने नियामक निकाय धितोपत्र बोर्डबाट कमिशन माग भएको विषयमा छानबिन गर्नुपर्ने विषय आज संसदमा समेत उठेको थियो।

प्रतिनिधिसभाको आजको बैठकमा माओवादी सांसद माधव सापकोटाले धितोपत्र बोर्डले साना परियोजनासँग कमिशनको बार्गेनिङ गरेको आरोप लगाउँदै छानबिन गर्न माग गरेका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।