हामीसँग जोडिनुहोस

काठमाडौँको तीनकुनेमा बसले भ्यान  र मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु ,तीन घाइते

1 मिनेट

काठमाडौं,२५ वैशाख ।

काठमाडौँको तीनकुनेमा बसले भ्यान  र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने वर्ष २३ की नगिना तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनामा तीन जना घाइते भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने वर्ष २७ को पदम थापा मगर,  भ्यान चालक काभ्रे मण्डन देवपुर घर भई हाल शान्तिनगर बस्ने वर्ष ३५ का रत्न बहादुर सार्की  र बसमा सवार दोलखा  घर भएकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

आज बिहान ६ः३५ बजेको कोटेश्वरबाट बानेश्चर आइरहेको ५९ वर्षीय राम कुमार खड्काले चलाएको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र.०१-०२६ च २९२७ को मारुती भ्यान र सोही दिसाबाट आइरहेको बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक, भ्यान र मोटरसाइकल प्रहरी वृत्त बानेश्वरको नियन्त्रणमा राखिएको छ । बस भने काठमाडौँ उपत्यका ट्राफिक महाशाखा रामशाहपथको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।