हामीसँग जोडिनुहोस
Latest
आइतवार, माघ १२, २०८२

कांग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने

1 मिनेट

काठमाडौं,२५ वैशाख ।

नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरुको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरुको गठन गर्ने निर्णय गरेको छ । विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा आज सम्पन्न विभाग र विदेशस्थित जनसम्पर्क समितिका प्रमुख, पदाधिकारी तथा प्रतिनिधिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रत्येक देशका नेपाली जनसम्पर्क समितिलाई पार्टी तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागसँग निरन्तर सम्पर्क र समन्वय गर्न सूचना प्रविधि (आईटी) र सामाजिक सञ्जाल सञ्चालनमा दक्ष तीनदेखि पाँच जनाको नाम विभागका पठाउन निर्देशन गर्ने र ती जनशक्तिको परिचालनको संयोजनको जिम्मेवारी विभागका सदस्य नारायण खरेललाई दिने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले विभागको वेभसाईट अद्यावधिक गर्ने कामको संयोजन गर्न विभागका सदस्य प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ भने जनसम्पर्क समिति भारतसँग समन्वय राखी भारतमा रहेका सबै क्षेत्रका नेपाली जनसम्पर्क समितिलाई अझ बढी क्रियाशील बनाउन विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।