हामीसँग जोडिनुहोस

टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै

0 मिनेट

काठमाडौं,२६ वैशाख ।

नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने लक्ष्यसहित आजदेखि थाइल्याण्डको बैंककबाट विश्वकप एसिया छनोट खेल्दैछ।

आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको एसिया छनोटको पहिलो खेलमा नेपालले आज हङकङसँग खेल्न लागेको हो। खेल बिहान सवा ८ बजे  थाइल्याण्डको एसियन टेक्नोलोजी मैदानमा सुरु हुनेछ।  ९ टोली सहभागी छनोटमा नेपाल रहेको समूहमा हङकङ र बहराइन छन्।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशक पुग्न लाग्दा पनि नेपाली महिला क्रिकेट टोलीको विश्वकप सपना पूरा हुन सकेको छैन।  पुरुषतर्फ उमेर समूह र सिनियर तथा महिलाकै १९ वर्ष मुनिको टोलीले विश्वकप खेलिसक्दा सिनियर टोलीमाथि पनि विश्वकप खेल्ने दबाब छ।

ट्रेण्डिङ