हामीसँग जोडिनुहोस

नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले धारणा राख्ने क्रम आज सकिँदै

1 मिनेट

काठमाडौं,२६ वैशाख ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले धारणा राख्ने क्रम शुक्रबार सकिने भएको छ।

बिहान ११ बजेदेखि शुरु हुने प्रतिनिधिसभा बैठकमा बाँकी सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछन्। सोमबारदेखि निरन्तर छलफल भइरहेको प्रतिनिधिसभामा छलफलका लागि छुट्याइएको १८ घण्टामध्ये अब ३ घण्टा मात्रै बाँकी रहेकाले शुक्रबार सकिने संसद सचिवालयले जनाएको छ ।

सरदर १५ देखि २० घण्टा छलफल गर्ने परम्परा रहेकोले यो वर्ष पनि औसतमै छलफलको समय राखिएको सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए । राष्ट्रिय सभामा भने २२ र २३ गते दुई दिन छलफल भएको थियो ।

दुवै सदनमा यही २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए पछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ। त्यसपछि संसदमा प्रि–बजेट छलफल अघि बढ्नेछ। नीति तथा कार्यक्रमकै आधारमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक व्यवस्था छ।

शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।