हामीसँग जोडिनुहोस

कांग्रेस पदाधिकारी बैठक बस्दै, नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल हुने

1 मिनेट

काठमाडौं,२६ वैशाख ।

सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बिहान ८ बजे बस्ने छ।

कांग्रेका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल हुनेछ।

बैठकमा एक महिनादेखि कायम मुकायमको भरमा चलेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा विशेष छलफल हुने बताइएको छ।

लामो समयदेखि गभर्नर नियुक्ति हुन नसक्दा सरकार र सत्ता सहयात्री दल नेपाली कांग्रेसको आलोचना हुँदै आएको छ।

यी दुई दलबीच राष्ट्र बैंकको गभर्नर कांग्रेसको कोटाबाट नियुक्ति गर्ने सहमति भइसकेको छ। तर प्रक्रिया नमिल्दा नियुक्ति हुन सकेको छैन।

यही विषयलाई लिएर यी दुई दलबीच किचलो उत्पन्न समेत भएको छ। आज बस्ने पदाधिकारी बैठकमा यी विषयमा गम्भीर छलफल हुने भएकाले पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।