
काठमाडौं,२६ वैशाख ।

सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बिहान ८ बजे बस्ने छ।
कांग्रेका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल हुनेछ।
बैठकमा एक महिनादेखि कायम मुकायमको भरमा चलेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा विशेष छलफल हुने बताइएको छ।
लामो समयदेखि गभर्नर नियुक्ति हुन नसक्दा सरकार र सत्ता सहयात्री दल नेपाली कांग्रेसको आलोचना हुँदै आएको छ।
यी दुई दलबीच राष्ट्र बैंकको गभर्नर कांग्रेसको कोटाबाट नियुक्ति गर्ने सहमति भइसकेको छ। तर प्रक्रिया नमिल्दा नियुक्ति हुन सकेको छैन।
यही विषयलाई लिएर यी दुई दलबीच किचलो उत्पन्न समेत भएको छ। आज बस्ने पदाधिकारी बैठकमा यी विषयमा गम्भीर छलफल हुने भएकाले पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको छ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






