
काठमाडौं,२७ वैशाख ।

भारतले उत्तरी क्षेत्रका २४ वटा विमानस्थलमा उडानहरू स्थगित गरेको छ । ती विमानस्थल छिमेकी पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसरलगायत शहरमा रहेका छन् ।
एअर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एअरलाइन्सले यसअघि बुधवारदेखि नै उडान रद्द गरिसकेका छन् ।
भारतीय एअरलाइन्सहरूले अन्य विमानस्थलबाट उड्ने यात्रुहरूलाई पनि सुरक्षाका उपायहरू थप बढाउने र प्रस्थानभन्दा कम्तीमा तीन घण्टा अगाडि नै आइपुग्न अनुरोध गर्दै सल्लाह जारी गरेका छन् ।
जम्मू–कश्मीर क्षेत्रमा गएराति पनि गोलाबारी भएको छ । बीबीसीका अनुसार कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा गोलाबारीको आवाज सुनिएको हो ।
भारतले बुधवार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण शुरू गरेपछि र भारत र पाकिस्तानबीच तनाव चर्किएको हो । पहलगाममा गएको वैशाख ९ मा भएको आतङ्कवादी आक्रमणमा २६ जनाको ज्यान गएको थियो ।
Related

अन्य समाचार
नेमकिपाले ५९ जिल्लाको १२० निर्वाचन क्षेत्रमा दियो उम्मेदवारी, ५३ महिला उम्मेदवार
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ५७ जनाको उम्मेदवारी, क्षेत्र नं. १ मा प्रेम सुवाल र क्षेत्र नं. २ महेश बस्नेत पुरानै अनुहार दोहरिए
स्वास्थ्य मन्त्री किरण थापादेखि स्वास्थ्य सचिव डा. गौतमसम्मका अथक प्रयास सफल : प्रदेश सरकारको ६२ करोड लागतमा बन्दै सुविधा सम्पन्न अस्पताल





