हामीसँग जोडिनुहोस

भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले थाल्यो जवाफी कारबाही

1 मिनेट

काठमाडौं,२७ वैशाख ।

भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले जवाफी कारबाही थालेको छ । पाकिस्तानी सेनाले भारतविरुद्ध बदला लिने उद्देश्यले प्रतिआक्रमण शुरू गरेको बताएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभागले यसलाई ‘बुनयान–उल–मरसूस’ को नाम दिएको बीबीसीले जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले एक टेलिभिजन कार्यक्रममार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरे पनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको दाबी गर्नुभएको छ ।

उहाँका अनुसार भारतले रावलपिन्डीको नूर खान एअरबेस, चकवाल शहरको मुरीद एअरबेस र झांग जिल्लाको रफीकी एअरबेसमा आक्रमण गरेको हो ।यसअघि भारतीय विमानस्थल प्राधिकरणले देशको उत्तर र पश्चिममा रहेका २४ भन्दा धेरै विमानस्थलको उडान स्थगित गरिसकेको छ ।

जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको १५ दिन पछि भारतले मङ्गलवारको मध्यरात कश्मीरमा रहेका ९ क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।

जसलाई भारतले ‘अपरेशन सिन्दूर’ भनेको थियो । त्यसयता भारत र पाकिस्तानबीच लगातारजसो आक्रमणका घटना भइरहेका छन् ।

पाकिस्तानले गरेको प्रतिआक्रमण घोषणालाई भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।