हामीसँग जोडिनुहोस

 बागमती प्रदेशसभाको सोह्रौं अधिवेशन आह्वान

0 मिनेट

काठमाडौँ ,२८ वैशाख।

बागमती प्रदेशसभाको सोह्रौं अधिवेशन यही जेठ ५ गते बिहान ११ बजेका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम आह्वान गरेका हुन्।

सोह्रौँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ। प्रदेश सरकारले आगामी आवका लागि बजेट निर्माणको तयारी गरिरहेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ वटा मन्त्रालयलाई गत ४ वैशाखमा ५५ अर्बको बजेट सिलिङ तोकेको थियो। बागमती प्रदेशसभाको पन्ध्रौं अधिवेशन गत २० चैतमा अन्त्य भएको थियो।

ट्रेण्डिङ