हामीसँग जोडिनुहोस

 बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा कर्जा प्रवाह ७ प्रतिशतले बढ्यो

1 मिनेट

काठमाडौं ,२९ वैशाख।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

साउनदेखि चैत मसान्तसम्मको नाै महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाहित भएको छ । यो अघिल्लो वर्षको यही अवधिको भन्दा ७ दशमलव १ प्रतिशत धेरै हो । गएको वर्षको साउनदेखि चैतसम्ममा निजी क्षेत्रमा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नाै महिनामा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् । योसहित चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन भएको छ ।

कुल सङ्कलन भएकाे निक्षेपमध्ये बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बचत खातामा बैंकहरूले औसत ३ दशमलव ३९ प्रतिशत ब्याज दिँदै आएका छन् । मुद्दती खातामा २९ खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको छ । यो खातामा औसत ६ दशमलव १० प्रतिशत ब्याजदर रहेको छ ।

२०७९ सालको पुषमा मुद्दती खाताको औसत ब्याजदर ११ दशमलव ४३ प्रतिशत रहेको थियो । तर पछिल्ला वर्षहरूमा बैंकमा लगानीयोग्य रकम अर्थात् तरलता थुप्रँदा ब्याजदर घटिरहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।