हामीसँग जोडिनुहोस

बाढी पहिरोको जोखिम कम गर्न सासंदहरूले सरकारको ध्यानाकर्षण गराए

1 मिनेट

काठमाडौँ,३० वैशाख ।

बर्खायाम शुरू भएसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरूले गएको वर्ष असोजमा आएको बाढी पहिरोले क्षति पुर्‍याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गरे ।

सांसद सूर्यमान दोङले गएको वर्ष असोजको बाढी पहिरोबाट भएको क्षति यकिन गर्ने, राहत तथा पुनर्स्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र मर्मत–मम्भारको काममा ढिलाइ भइरहेको बताउनुभयो । त्यस्तै बीपी राजमार्गमा अहिलेसम्म सहज रूपमा गाडी सञ्चालन हुन नसकेको विषय पनि उहाँले उठाउनुभयो ।

सांसद लेखनाथ दाहालले गएको वर्षको बाढीबाट क्षतिग्रस्त बीपी राजमार्ग अहिले पनि १४ ठाउँमा अवरुद्ध रहेको बताउनुभयो । त्यस्तै यसै हप्ता बनेपा र पनौती क्षेत्रमा अत्यधिक वर्षा हुँदा हिजो रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याए पनि राहत तथा उद्धारमा सरकारले ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।

यसैबीच सांसदहरूले सगरमाथा संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेका छन् । सांसद ठाकुरप्रसाद गैरेले जलवायुजन्य सङ्कटले सताइरहेको बेलामा जलवायु न्यायका लागि सगरमाथा संवाद आयोजना हुनु सुखद पक्ष रहेको र संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण बाढी पहिरोको जोखिम तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेकाले जलवायु न्याय स्थापित गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।

बैठकमा सांसद डोलप्रसाद अर्यालले सगरमाथा संवाद कार्यक्रममार्फत समयमै विपद् व्यवस्थापनको वातावरण सिर्जना हुने भन्दै त्यसैअनुसार तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रेमबहादुर महर्जनले गएकाे वर्ष असोज ११ र १२ गते गएको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले जोखिमपूर्ण बस्तीको सुरक्षाका लागि पहल गर्नुपर्ने, भत्किएका पुलहरू मर्मत तथा समयमा नै नदी सफाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।