हामीसँग जोडिनुहोस
Latest
बुधबार, माघ ८, २०८२

आईसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनलका लागि अस्ट्रेलियाको टोली घोषणा

1 मिनेट

काठमाडौँ,३० वैशाख ।

आईसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनलका लागि अस्ट्रेलियाको टोली घोषणा गरेको छ । क्रिकेट अस्ट्रेलियाले दक्षिण अफ्रिकासँगको फाइनलका लागि आज १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि चोटका कारण भारतसँगको पाँच खेलको टेस्ट शृङ्खला गुमाएका अलराउन्डर क्यामरन ग्रीन अस्ट्रेलियाली टोलीमा फर्किएका छन् । साथै टेस्ट टोलीमा कप्तान प्याट कमिन्स र अर्काे तीव्र गतिका बलर जोश हेजलवूड पनि फर्किएका छन् । यी दुवैले चोटका कारण च्याम्पियन्स ट्रफी गुमाएका थिए र पछि आईपीएल २०२५ मा खेलेका थिए ।

अस्ट्रेलियाली टोलीमा प्याट कमिन्स, स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरन ग्रीन, जोश हेजलवूड, ट्राभिस हेड, जोश इङ्गलिस, उस्मान ख्वाजा, साम कन्स्टास, म्याथ्यु कुन्हेमान, मार्नुस लाबुशेन, नाथन लायन, स्टिभ स्मिथ, मिचेल स्टार्क र बेउ वेबस्टेर छन् ।

विश्व टेस्ट च्याम्पियनशिप फाइनल आउँदो जुन ११ देखि बेलायतको लर्ड्स क्रिकेट मैदानमा शुरू हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।