हामीसँग जोडिनुहोस

अबदेखि देशभरका सबै न्यायाधीशहरूले एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि न्याय परिषद्मा पठाउनुपर्ने

1 मिनेट

काठमाडौँ,३० वैशाख ।

अबदेखि देशभरका सबै न्यायाधीशहरूले हरेक दुई महिनामा एक/एकवटा फैसलाको प्रमाणित प्रतिलिपि न्याय परिषद्मा पठाउनुपर्ने भएको छ ।

परिषद्ले मंगलबार सबै अदालत तथा न्यायाधीकरणहरूलाई  परिपत्र गर्दै आफूले गरेका फैसलामध्ये प्रत्येक दुई महिनामा आफैँले चयन गरी फैसलाको प्रतिलिपि तथा सोको विद्युतीय कपी पठाउन भनेको हो ।

ती फैसला साउन र असोज महिनाबाहेक अन्य महिनामा गरेको हुनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । परिषद्ले उच्च र जिल्लासहित विशेष, श्रम, उपभोक्ता, प्रशासकीय, बाल अदालत र सबै न्यायाधीकरणहरूमा सो परिपत्र गरेको हो । फैसला लेखनको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ वैशाख महिनादेखि लागू हुनेगरी हरेक दुई महिनामा फैसलाको प्रतिलिपि पठाउन परिपत्र गरिएको परिषद्का सहसचिव/प्रवक्ता अशोककुमार क्षेत्रीले बताए ।

परिषद्को वैशाख २५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।