हामीसँग जोडिनुहोस

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

1 मिनेट

काठमाडौँ,३० वैशाख ।

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध आठौं पटक हिरासतको म्याद दिएको छ ।

उनीसँगै चैत २८ गते भारतको आसामबाट पक्राउ परेका मेडिकल व्यवसायी एमव् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई पनि अदालतले थप पाँच दिन हिरासतमा राख्न मंगलबार अनुमति दिएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोना सिंहको इजलासले मिश्र र प्रसाईंसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत चैत १५ गते पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि मिश्र पक्राउ परेका थिए । मिश्रपछि चैत २८ गते पक्राउ परेका प्रसाईंलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।मिश्र प्रहरीको हिरासतमा पुगेको मंगलबार ४६ औँ दिन बितेको छ । मिश्रको परिवारले मंगलबारमात्रै उनलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट पनि सर्वोच्च अदालतमा हालेको छ ।

यसअघि मिश्रलाई चैत २५ मा ५ दिनका लागि सातौँ पटक म्याद थप गरिएको थियो ।

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्रले प्रहरीसँगको बयानमा आफूले कुनै अपराध नगरेको बताइरहेका छन् । उनले बेकसुर हुँदा हुँदै आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको गुनासो गरिरहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।