हामीसँग जोडिनुहोस

 १९ वर्षमुनिको साफ च्याम्पियनशिप प्रतियोगितामा नेपाल भारतसँग पराजित

1 मिनेट

काठमाडौँ,३१ वैशाख।

१९ वर्षमुनिको साफ च्याम्पियनशिप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको दुई टोलीबीचको हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो । जीतसँगै भारत समूह विजेता बनेको छ । नेपाल उप विजेतामै सीमित रह्यो ।

आयोजक भारतले यसअघि श्रीलङ्कालाई ८–० ले हराएको थियो ।  नेपालले पनि श्रीलङ्कालाई ५–० ले हराएको थियो ।

अब सेमिफाइनलमा पर्सि शुक्रवार भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यू १८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।