हामीसँग जोडिनुहोस

अझै केही दिन काठमाण्डौसहित तराईमा अत्यधिक गर्मी हुने

1 मिनेट

काठमाडौँ,३१ वैशाख।

केही दिनदेखि देशका धेरै ठाउँको अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेकाले  गर्मी बढी भइरहेको छ ।

पछिल्लो समय काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१–३३ डिग्री  सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो ३१ दशमलव १ डिग्री पुगेको काठमाण्डौ उपत्यकाको तापक्रम आज ३३ डिग्री सेल्सियस पुग्ने अनुमान छ । यस्तै लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू–भागका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागलगायत पहाडी भू–भागका धेरै ठाउँमा अधिकतम तापक्रम बढेको छ । यस क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको छ । यसको प्रभावले कोशी प्रदेशकोमा अरु ठाउँमा भन्दा धेरै बादल लागेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । केही भू–भागमा बिहानै मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।