हामीसँग जोडिनुहोस

जेठ महिनाका लागि ब्याजदर सार्वजनिक, ३ वटा बैंकको ब्याजदर बढ्यो, ३ वटाकाे घट्यो

1 मिनेट

काठमाडौँ,३१ वैशाख।

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सूचीअनुसार १४ वटा बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर यथावत् राखेका छन् ।

नेपाल बैंक, एभरेस्ट बैंक र सानिमा बैंकले वैशाखको तुलनामा जेठमा सामान्य ब्याजदर बढाएका छन् । यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकले ब्याजदर सामान्य घटाएका छन् ।

समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५ दशमलव ९७ प्रतिशत रहेकोमा जेठ महिनामा ५ दशमलव ९५ प्रतिशतमा झरेको छ ।

जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर नेपाल बैंकले ५ दशमलव ४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्ट बैंकले ६ दशमलव ६४ प्रतिशत तोकेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।