हामीसँग जोडिनुहोस

विश्वकै ‘गरिब राष्ट्रपति’ हाेसे मुहिकाकाे निधन

1 मिनेट

काठमाडौँ,३१ वैशाख।

ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ । पूर्वगुरिल्लासमेत रहेका मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

होसे मुहिकालाई ‘पेपे’ भनेर चिनिन्थ्यो । सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका मुहिकालाई उहाँको साधारण जीवनशैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर पनि चिनिन्थ्यो ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओर्सीले होसे मुहिकाको निधनबारे जानकारी दिँदै सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभएको छ– ‘तपाईंले हामीलाई दिनुभएको सबै कुराका लागि र तपाईंका नागरिकप्रति तपाईंको गहिरो प्रेमका लागि धन्यवाद ।’

पूर्वराष्ट्रपति मुहिकाको निधन कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन, यद्यपि उहाँ अन्ननलीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।