हामीसँग जोडिनुहोस

महालेखाले राष्ट्रपति पौडेललाई वार्षिक प्रतिवेदन बुझायाे

1 मिनेट

काठमाडौँ,३१ वैशाख।

महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन बुझाउनुभएकाे हाे ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण भएको बताउनुभएकाे छ । उहाँले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताउनुभयाे ।

राष्ट्रपति पौडेलले सरकारी खर्च गर्दा प्रचलित कानूनको परिपालन र आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारी बढी जिम्मवार र जवाफदेही बन्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । यसका लागि महालेखा परीक्षकको भूमिका थप महत्त्वपूर्ण हुने राष्ट्रपति पौडेलको भनाइ छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।