हामीसँग जोडिनुहोस

रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

1 मिनेट

काठमाडौँ,३१ वैशाख।

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालत उपस्थित गराउन आदेश दिएको छ।

उनकी पत्नी सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले यस्तो आदेश दिएको हो।

इजलासले कारण देखाउ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित मिश्रलाई अदालतमा उपस्थित गराउन भनेको हो।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको हो। उनी डेढ महिनादेखि प्रहरी हिरासतमा छन्।​

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा भने बुधबार पनि हेर्न नमिल्नेमा परेको छ। न्यायाधीशद्वय डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा परेको हो।

सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट र थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भन्दै दायर मुद्दा बुधबार पेशी तोकिएको थियो।

सँगै राखिएको पूर्वडीआइजी छविलाल जोशीको मुद्दा पहिला न्यायाधीश मुसलमानले हेरेका कारण लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेको सर्वोच्चका सहायक प्रवक्ता एवं उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए। रविको मुद्दा लगातार हेर्न नमिल्नेमा पर्दै आएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।