हामीसँग जोडिनुहोस

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

1 मिनेट

काठमाडौँ, १ जेठ।

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ।सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेशकुमार थापा (संखुवासभा) नियुक्त भएका छन्।

आयोगका सदस्यहरूमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), डा.टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्या ओझा (कञ्चनपुर) रहेका छन्।

यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएकी छिन्।

यस आयोगका सदस्यहरूमा गोपाल नाथ योगी (सल्यान), अग्नीप्रसाद थपलिया (झापा), सृजना पोख्रेल (काठमाडौँ) र बिनिता नेपाली (कास्की) रहेका छन्। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो।

यसैगरी, सरकारले गभर्नर सिफारिस समितिको पुनर्गठन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डेलाई सदस्य बनाएर पुनर्गठन गरेको बैठकपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

डा. विश्व पौडेलको राजीनामापछि पुनर्गठन गरिएको यो समितिबाट यसअघि डा. विजयनाथ भट्टराईले पनि राजीनामा दिएका थिए।

साथै, मन्त्रिपरिषद्ले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह ५८ वर्षे उमेरहदका कारण गत बुधबार अनिवार्य अवकाशमा गएपछि रिक्त सचिव पदमा पौडेललाई बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।