हामीसँग जोडिनुहोस

मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो

1 मिनेट

काठमाडौँ, १ जेठ।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वेबसाइटमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुासर आयोगको निर्णय बमोजिम महिला मतदाता ८९,१०,८९६, पुरुष मतदाता ९२,३७,५७२, अन्य मतदाता १८६ गरी तत्काल जम्मा १,८१,४८,६५४ को अन्तिम मतदाता नामावली कायम भएको छ ।

यसअघि, मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि अनलाइन तथा निर्वाचन कार्यालय मार्फत नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने गरी सूचना प्रकाशित गरिएको थियो ।

सो बमोजिमको सम्पूर्ण प्रक्रिया पूरा भएकोले आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गर्ने गरी आज निर्णय भएको प्रवक्ता पन्थीको भनाई छ ।

यसअघि २०८१ साल कात्तिक २६ मा प्रकाशित मतदाता नामावली अनुसार महिला मतदाता ८९,०३,१९७, पुरुष मतदाता ९२,२५,४४८, अन्य मतदाता १८७ गरी जम्मा १,८१,२८,८३२ मतदाताको अन्तिम मतदाता नामावली कायम भएको थियो ।

विगतमा प्रकाशित मतदाता नामावलीभन्दा हाल प्रकाशित मतदाता नामावलीमा अन्य मतदाता एक जना घटी १८६ कायम भएतापनि महिला मतदाता ७,६९९ र पुरुष मतदाता १२,१२४ थप भई जम्मा १९,८२२ जना मतदाता थप भएका छन् ।

सम्बन्धित व्यक्तिले आफ्नो मतदाता नामावली हेर्न सकिने गरी मतदाता नामावली आयोगको वेवसाइट www.election.gov.np मा प्रकाशन गरिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।